कोशी प्रदेश: मन्त्रीपरिषद् गठनमा एकीकृत समाजवादी रुष्ट

विराटनगर । कोशी प्रदेशमा तीन मन्त्री थपिने भएमा छन् । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्री मन्त्री बन्ने भएका हुन् । उनीहरूको शपथग्रहण केही बेरमा गर्ने तयारी भइरहेको छ ।
यता मन्त्रीपरिषद् गठनको विषयलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेको छ । मुख्यमन्त्री थापाले थप तीन जना विस्तार गर्ने तयारी गर्दा एकीकृत समाजवादीका कोही नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको हो । एक एक जना मन्त्री थप्ने सहमति भएको थियो, एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले भने यसरी नै सरकार अगाडि बढे हामी यो सरकारलाई विश्वासको मत दिँदैनौँ ।
आइतबार माओवादीका दुई सहित तीन जना मन्त्री मुख्यमन्त्री थापाले थप्दै छन् । यसअघि काँग्रेस र एकीकृत समाजवादीका एक एक जना मन्त्री नियुक्ति भएका थिए । बिहीबार विग होटेलमा भएको छलफलमा गठबन्धनमा भएका दलहरूले एक एक जना मन्त्री बनाउने सहमति गरेका थिए । कोशीमा काँग्रेस माओवादी, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मुख्यमन्त्री भएका थिए ।
क्याटेगोरी : राजनीति, विशेष, समाचार
ट्याग : #breaking, #एकीकृत समाजवादी, #कोशी प्रदेश, #नेपाल कम्युनिष्ट पार्टी, #नेपाली कांग्रेस, #मन्त्री, #माओवादी केन्द्र
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्