एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले भुसाललाई मनोनित गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आइतबारबाट लागू हुने गरी उपाध्यक्षमा मनोनित गरिएको बताउनुभयो ।
उहाँले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको पनि बताउनुभयो । उहाँले केन्द्रीय सचिवालय सदस्यको संख्या १९ पुर्याइएको बताउनुभयो । उहाँले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आइतबारबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताउनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #घनश्याम भुसाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्