Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने माओवादी पदाधिकारी बैठक बस्दै


काठमाडौं, ८ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडा बस्नेछ । बैठकमा फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनको छलफल हुने बताइएको छ ।

फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

यसअघि, सत्तारुढ दलहरुबीच राष्ट्रपति नेकपा (एमाले) र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #माओवादी पदाधिकारी बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545