Techie IT
शनिबार, वैशाख ६,२०८२

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने


काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तता कारण बुधबार र बिहीबार बिहान स्थगित भएको बैठक पुनः आज बस्ने भएको हो ।

आज शुक्रबार अपरान्ह ३ बजे बस्ने बैठकमा समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा ( माओवादी केन्द्र, #माओवादी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545