Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नेताबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । प्रधानमन्त्री प्रचण्डले ओली र लिङ्देनसँग गृहमन्त्रालयकै विषयमा छलफल गरेका बुझिएको छ ।

नागरिकता पुन: प्राप्ति गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि गृहमन्त्रालयमै फर्कन चाहन्छन् तर प्रधानमन्त्री प्रचण्ड उनलाई फर्काउने मनस्थितिमा छैनन् ।

गृह नपाए सरकार छोड्ने सम्मको चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको छ । प्रचण्डले ओली र लिङ्देनसँग गृहमन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीकै विषयमा छलफल गरेका बताइएको छ ।

यस्तै, शीर्ष नेताबीच राष्ट्रपतिको निर्वाचनको विषयमा पनि छलफल भएको छ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन मिति तोकेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545