Techie IT
आईतबार, वैशाख ७,२०८२

इलाम-२ मा कांग्रेसका खड्कालाई पछ्याउदै सुवास नेम्बाङ


काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा एमालेका सुवास नेम्बाङलाई फेरि पछाडि पारेका छन् ।

उक्त क्षेत्रमा नेम्बाङ र खड्काबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार खड्काले ३ हजार ७५६ मत ल्याउँदै फेरि अग्रता बनाएका छन् । यसअघि नेम्बाङ अगाडि थिए । उनले ३ हजार ४५५ मत पाएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वाले ७९१ मत पाएका छन् ।

इलाम(२ मा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुवास नेम्बाङ विजयी भएका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #डम्बरबहादुर खड्का, #सुवास नेम्बाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545