Techie IT
शनिबार, वैशाख ६,२०८२

मन्त्री बिना मगरका पूर्वपति पनि पक्राउ !


काठमाडौं, ९ चैत । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि पक्राउ परेका छन् ।

प्रतिबन्धित नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसँगै ९ जनामा अधिकारी पनि छन् । उनी माओवादी हुँदै विप्लव समूहसम्म पुगेका थिए ।

०६६ सालमा अधिकारी र मगरको प्रेम विवाह भएको थियो । तर, सम्बन्धमा खटपट आएपछि ०६९ सालमा मगरले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालसँग प्रेम विवाह गरेकी थिइन् ।

अधिकारीले त्यसपछि एउटा अखबारमा अन्तरवार्ता दिँदै बिनाले आफू प्रकाश दाहालसँग हिडेको बताउँदा चकित परेको प्रतिक्रिया दिएका थिए ।

प्रहरीले काभ्रेको खानीखोला–७ बाट बा१७च ४८९३ नम्बरको स्कारपियोमा नेता ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो । ओली र अधिकारीसहित धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ट, ललित तामाङ, देव घिमिरे, सञ्जिव कार्की र लोकेन्द्र खड्का पनि प्रहरी नियन्त्रणमा छन् । उनीहरूलाई टेकुमा राखिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #विप्लव समूह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545