गठबन्धनका उम्मेदवारबीच काठमाडौंका ५ क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने

काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंका एउटा प्रतिनिधिसभासहित केही प्रदेशसभाका निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । गठबन्धनको भागबण्डा नमिलेपछि पार्टीकै टिकट लिएर उठेका केही उम्मेदवारलाई मित्रवत् प्रतिस्पर्धामा कायम राखेर अन्यको निष्क्रिय बनाइएको छ ।
शीर्ष नेताहरूको सहमति अनुसार काठमाडौं १० मा प्रतिनिधि सभातर्फ कांग्रेसका राजेन्द्र केसी र माओवादी केन्द्रकी अन्जना विशुंखे दुवैलाई आधिकारिक उम्मेदवार मानेर मित्रवत् प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै सोही क्षेत्रमा प्रदेशसभा १ नम्बर क्षेत्रमा पनि कांग्रेस र माओवादीबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दीलिप महर्जन उम्मेदवार छन् ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा पनि मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुयाल दुवै आधिकारिक उम्मेदवार बनेका छन् । सो क्षेत्रमा गठबन्धनको भागबण्डाविपरीत कांग्रेसले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र दुवै प्रदेशसभामा माओवादीका उम्मेदवार छन् ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र नम्बर २ मा पनि कांग्रेसका श्याम खड्का र नेकपा एसका बालकृष्ण श्रेष्ठबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ भने क्षेत्र नम्बर ६ को प्रदेशसभामा पनि कांग्रेसका विष्णुभक्त तिमिल्सिना र माओवादी केन्द्रका प्रकाश फुयालबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #काठमाडौंका ५ क्षेत्रमा गठबन्धनका उम्मेदवारबीच मित्रवत् प्रतिस्पर्धा हुने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्