Techie IT
आईतबार, वैशाख ७,२०८२

नेकपा एमाले बागमती प्रदेश कमिटीले बनायो चुनावी परिचालन समूह


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि चुनावी परिचालन समूह बनाएको छ ।

एमाले बागमती प्रदेश निर्वाचन समन्वय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई विजयी गराउने गरी दुई छुट्टाछुट्टै निर्वाचन परिचालन समूह बनाएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।

कमिटीले निर्वाचन परिचालनको व्यवस्थापनका साथै अनुगमन समेत गर्ने जनाइएको छ । त्यसैगरी, बैठकले प्रदेशको निर्वाचन परिचालन अनुगमन गर्न स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज काशीनाथ अधिकारीको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन अनुगमन समितिसमेत गठन गरेको छ ।

समितिमा डा. महेन्द्रबहादुर पाण्डे, पुष्प कँडेल र डोरमणि पौडेल सदस्य छन् ।

त्यस्तै, एमाले पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज पोखरेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन प्रदेश समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा नेताहरु धर्मदत्त देवकोटा, रामहरि सुवेदी, विनोद पाण्डे, विजय सुवेदी, अप्सरा चापागाईं र ओम थपलिया छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545