Techie IT
आईतबार, वैशाख ७,२०८२

राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्र छ : शङ्कर पोख्रेल


दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले राजनीतिक स्थायित्वले मात्रै देशमा समृद्धि आउने भन्दै राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्रै रहेको बताउनुभएको छ । नेकपा एमाले घोराही १२ कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले संसदमा बहुमत ल्याएर राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्रै रहेको बताउनु भएको हो ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका महासचिव पोखरेलले सत्ता गठबन्धनले सिट बाँडफाँड गरेर निर्वाचनमा गएको भन्दै संसदमा स्थायी सरकार ल्याएर राजनीतिक स्थायित्व कायम गर्ने र देशलाई समृद्ध बनाउने भन्ने कुरा सम्भव नै नभएको बताउनुभयो ।

मिलीजुली, गठबन्धन सरकार बनाउँदा देशको विकासको अवस्था र राजनीतिक अवस्था कस्तो हुन्छ भन्ने अहिलेको सरकार र कामले देखाइरहेको भन्दै एमालेले प्रतिनिधिसभाका लगभग सबै सिटमा उम्मेदवार उठाएकाले एकल बहुमतको स्थायी सरकार बनाउने पूर्ण आधार खडा गरेको बताउनुभयो ।

मिलीजुली सरकार हुँदा राष्ट्र, राष्ट्रियताको रक्षा, विकास र समृद्धि कति प्राथमिकतामा पर्ने रहेछ भन्ने देखिरहनु भएकै छ महासचिव पोख्रेलले भन्नुभयो– राष्ट्र हित र विकासका लागि हो भने एमाले एकल बहुमतको सरकार बनाएर देश समृद्ध बनाउन चाहन्छ । त्यसको आधार हामीले देशभर एमालेकै उम्मेदवार उठाएर तयार गरिसकेका छौँ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #राजनीतिक स्थायित्व कायम गर्ने आधार एमालेसँग मात्र : शङ्कर पोख्रेल, #शङ्कर पोख्रेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545