Techie IT
आईतबार, वैशाख ७,२०८२

गोरखा १ मा राजेन्द्र बजगाईं र रामशरण बस्नेतबीच प्रतिस्पर्धा हुँदै


गोरखा । गत २२ गते नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट रामशरण बस्नेत उम्मेदवार बनाउने निर्णय गर्यो । सोही दिन सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको बैठकले कांग्रेसका चीनकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने आन्तरिक निर्णय गर्यो । लगत्तै श्रेष्ठलाई उम्मेदवार भएको भन्दै सामाजिक सन्जालहरुमा बधाई तथा शुभकामना मिश्रित पोष्टहरु छ्याप्छ्याप्ती भयो ।

तर, श्रेष्ठलाई टिकट दिने आन्तरिक निर्णय भएको २४ घण्टा नबित्दै कांग्रेसका राजेन्द्र बजगाईंले निर्णय उल्टाई दिए । टिकटका लागि चर्को प्रतिस्पर्धा गरेका बजगाईँले उम्मेदवारी दर्ताको दिन ९आइतबार० बाजी मारे । यो क्षेत्रमा बस्नेत र बजगाईंसहित १० जना उम्मेदवार छन् । यद्यपी मुख्य प्रतिस्पर्धा भने बस्नेत र बजगाईंबीच हुने देखिन्छ ।
बस्नेत २०४९ र २०५४ गरी २ पटकसम्म तत्कालिन नारेश्वर गाविसको अध्यक्ष हुँदै २०७४ को चुनावपछि गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत भईसके । २०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा ९ख० बाट कांग्रेसका बजगाईँलाई नै हराउँदै उनी सांसद हुँदै मन्त्री बनेका थिए ।

२०३५ सालदेखि कन्युष्टि आन्दोलनमा लागेका बस्नेत निरन्तर राजनीतिमा सक्रिय हुँदै आएका थिए । यद्यपी बजगाईँ भने कांग्रेस भित्रको धनाढ्य नेताको रुपमा परिचित छन् । उनलाई नेता भन्दा बढि सफल पर्यटन ब्यवसायी भनेर चिन्नेहरुको जमात ठूलो देखिन्छ । पर्यटन ब्यवसायमा बजगाईँ अन्तराष्ट्रिय स्तरमा नै चिरपरिचित ब्यक्ति हुन् ।
२०७४ को निर्वाचनमा पनि बजगाईँले पैसाको आडमा प्रदेशसभा सदस्यको टिकट हात पारेको भन्दै कांग्रेसका जिल्ला स्तरीय नेताहरुले असन्तुष्टी ब्यक्त गर्ने गरेका थिए । संयोगबस मंसिर ४ गते हुने निर्वाचनमा पनि कांग्रेसका पुराना नेतालाई पाखा लगाउँदै टिकट ल्यएपछि पुनः कांग्रेसभित्र आन्तरिक कलह सुरु हुन थालेको छ । गोरखा कांग्रेसभित्र अन्तर संघर्ष चर्किन थालेको छ ।
अघिल्लो निर्वाचनमा जो सँग हारे, उसैसँग प्रतिस्पर्धाका निम्ती बजगाईँ सत्तारुढ गठबन्धनको तर्फबाट मैदानमा उत्रिने पक्का भएको छ । २०७४ को चुनावमा गोरखा–१ ९ख० को प्रदेशसभा सदस्यमा एमालेका बस्नेत १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार १ मत पाएका थिए । तत्कालिन समयमा एमाले र माओवादी केन्द्रबीच बाम एकता थियो ।

यसपटक भने एमालेलाई माओवादीको साथ छैन् । सत्तारुढ गठबन्धन भएकाले यसपालि बस्नेतलाई हराउने कुरामा बजगाईं यसपटक आशावादी छन् ।
गत ३० वैशाखको स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा गोरखामा माओवादी केन्द्र पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, नेसपा चौथो दलको रुपमा स्थापीत छन् । अन्य दलहरुको भने जनमत गोरखामा कम नै देखिन्छ । यस पटक सत्तारुढ गठबन्धनका कारण एमाले प्रमुख शक्तिहरुको बिरुद्ध, राप्रपा, जसपा लगायतका सानादलहरु सँगको तालमेलमा निर्वाचन लड्दैछ । गोरखामा एमालेले तालमेल गरेको दलहरुले निर्वाचन प्रभावित बनाउने खालको मत ल्याउन सक्ने स्थिती तत्काल देखिँदैन् । गोरखा–१ मा १ लाख १५ हजार ३९७ मतदाता छन् ।अहिलेकै अबस्थाको मतपरिणामको अंकगणित हेर्दा गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित देखिन्छ । यद्यपी अंकगणितलाई भन्दा भुगोलका जनताको बिकास प्रतिको चाहाना, गठबन्धनप्रतिको वितृष्णा र एमालेले गरेको जनपक्षीय कामका आधारमा जनताको मत पाएर आफुले जित्ने बस्नेत दाबी गर्छन् ।

‘गठबन्धनको सरकार बनेको आज डेढ बर्ष बढि भईसक्यो । तर, जनताले के पाए रु यो सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा र बिकासका क्षेत्रमा कति काम गरे रु’, बस्नेत प्रश्न गर्छन्, ‘तर, एमालेको सरकार हुँदा गोरखाको मात्रै कुरा गर्ने हो भने पनि मेरै नेतृत्वमा सयौँ किलोमिटर सडक कालोपत्रे भए, दर्जनौँ पुलहरु बने, स्वास्थ्य संस्थाहरु बने, उत्तरी गोरखामा सडक सन्जाल जोडियो, हजारौँ घरघरमा बिजुली, खानेपानी पुग्यो । चौतर्फी बिकासका मुलहरु फुटे । त्यसको मुल्याङ्कन जनताले गरेका छन् । मलाई लाग्छ जनताले गठबन्धन हैन्, बिकास चाहान्छन् ।’
बस्नेतले गण्डकी प्रदेशको भौतिक पुर्वाधार मन्त्री हुँदा गोरखामा उल्लेख्य बिकासका कामहरु गरेको भन्दै चौतर्फी प्रशंसा हुने गरेकोछ । राजनीतिमा बिगतको अंकगणित र बिगतको मतपरिणाम हेरेर चुनावको हारजितको आँकलन गर्नु स्वभाविक नरहेको बस्नेत तर्क गर्छन् ।

‘निर्वाचन भनेको जनताको ताजा मत सर्वेक्षणको प्रक्रिया हो । बिगतमा के थियो रु कसले कति मत पाएको थियो रु भन्ने कुरालाई आधार मान्ने हो भने त चुनाव गर्न पर्दैनथ्यो होला नि त रु बस्नेत भन्छन्, ‘त्यसैले बिगतमा के थियो रु कसको कति मत भन्ने तीर जानु हुँदैन् । जनताको पक्षमा कसले कति काम गरेको छ रु जनताको दुखसुखमा कसले कति साथ दिएको छ रु भन्ने कुरालाई हेरेर हारजितको आँकलन गर्नुपर्छ । त्यसो गरेको खण्डमा गोरखा १ मा मेरो जित सुनिश्चित छ ।’

बस्नेत बिगत चार दशकदेखि राजनीति मार्फत समाजसेवामा नै निरन्तरता दिईराखे पनि उनका प्रतिस्पर्धी बजगाईं पर्यटन व्यवसायी हुन् । उनी जिल्लामा कम र काठमाडौंमा धेरै बस्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका उनी केन्द्रीय सदस्य भने पराजित भएका थिए । यद्यपी गठबन्धनको बलमा यसपालि चुनाव जित्ने दाबी बजगाईँको पनि छ


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #गोरखा १ मा हार्ने राजेन्द्र बजगाईं र रामशरण बस्नेतबीच प्रतिस्पर्धा हुँदै, #राजेन्द्र बजगाईँ, #रामशरण बस्नेत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545