Techie IT
शनिबार, वैशाख ६,२०८२

नेकपा एमालेको निर्वाचन परिचालन कमिटि घोषणा


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले उम्मेदवार परिचय तथा निर्वाचन परिचालन कमिटिको घोषणा गरेको छ ।
आज नेकपा एमालेले काठमाडौंस्थित व्यन्जन पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा उक्त कमिटि घाषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुनिता न्यौपानेले कर्मचारीको समायोजन देखि सातवटा प्रदेश सरकार सञ्चालन गर्ने नमुना र सरकार सञ्चालन गर्ने कानुन निर्माण एमाले कै पालामा भएको दाबी गरेकी छिन् ।

हाम्रै पालामा हो सातवटा प्रदेश सरकार कस्तो हुन्छ भनेर कर्मचारीको समायोजन देखि सातवटा प्रदेश सरकार सञ्चालन गर्ने नमुना पनि हामीले प्रस्तुत गरेका हौ र यो सरकार कसरी सञ्चालन गर्ने भनि कानुन निर्माण गरेर स्थानिय सरकारमा कर्मचारी पठाएर स्थानिय सरकार बनाउने काम पनि हाम्रो पालामा भएको हो ।

४० देखि ५० प्रतिशत मत स्वतन्त्र हुने हुनाले स्वतन्त्र मतदाताले आफ्नो मत खसाल्ने क्रम उम्मेदवार अनुसार फरक हुने र धेरै पार्टीहरु उम्मेदवार उठाएर जाँने हो भने मत विभाजन धेरै पार्टीहरुमा बाडिने र यस्तो खालको गठबन्धन निर्माण भयो भने अवसर बढि हुने उनको भनाई छ ।
उनले आफ्नो नेतृत्व आफैले स्थापित गर्ने प्रयास गरिरहेको र यसलाई निरन्तरता दिन खोजिरहेको बताए । उनले सबैभन्दा बढि निर्वाचन भएको क्षेत्र काठमाडौं भएको हुनाले यहाँबाट दिने सन्देशले दश वटै निर्वाचन क्षेत्रलाई समेट्ने बताइन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##एमाले, #breaking, #नेकपा एमालेको निर्वाचन परिचालन कमिटि घोषणा, #नेपाल कम्युनिष्ट पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545