Techie IT
शनिबार, वैशाख ६,२०८२

संखुवासभामा काँग्रेस नेता दिपक खड्काले पाए टिकट


खाँदबारी- संखुवासभामा प्रतिनिधिसभातर्फ कांग्रेस जिल्ला सभापति तथा पूर्वमन्त्री दीपक खड्काले टिकट पाउनुभएको छ ।

संखुवासभामा प्रतिनिधिसभातर्फ एउटा सिट छ । उक्त सिट सत्ता गठबन्धन अन्तर्गत कांग्रेसको भागमा परेको छ । खड्का संखुवासभाका लोकप्रिय युवा नेता हुन् ।

उँहाले संविधानसभाको २०७० सालको निर्वाचनमा तत्कालीन संखुवासभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएर खानेपानी राज्यमन्त्री समेत बन्नुभएको थियो ।

आफ्नो कार्यकालमा जिल्लाको विकासमा अभूतपूर्व योगदान दिएका खड्काले यसपटक पनि जिल्लाकै समुन्नति र सर्वांगिण विकासलाई मुख्य चुनावी एजेन्डा बनाउनुभएको छ ।

नेपाली कांग्रेस संखुवासभाका सभापति दिपक खड्का ।

क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
ट्याग : #breaking, #hot, #दिपक खड्का, #प्रतिनिधिसभा, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545