Techie IT
आईतबार, वैशाख ७,२०८२

जनताबाट सङ्कलित सुझावलाई पनि घोषणा पत्रमा समावेश गर्छौ : केपी ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी नागरिकलाई नेपालको नागरिकता प्रदान गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।

ललितपुरस्थित पाटी कार्यालय च्यासलमा आज पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले राष्ट्रपति संस्थाको अपमान गर्न नहुने बताउनुभयो । अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि जनताबाट सङ्कलित सुझावलाई पनि घोषणा पत्रमा समावेश गरिने बताउनुभयो ।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माणको अभियानलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545