Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रचण्डका चुनावी कमाण्डर नै एमालेमा प्रवेश


काठमाडौं । चुनाव नजिकिँदै जाँदा नेकपा माओवादी केन्द्र त्याग्ने क्रम ह्वात्तै बढेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको इसारामा कम्युनिष्ट आन्दोलन समाप्त पार्ने अभियान चलाएको निश्कर्षसहित आज प्रचण्डका चुनावी क्षेत्रकै प्रभावशाली नेता यमबहादुर परियार ९इन्द्रजीत० नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्रीय सदस्य तथा हाल चितवन जिल्ला सहइन्चार्ज परियारआज आफ्नो सिंगो टीमसहित एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाँ चितवनमा निकै जनप्रिय नेताका रुपमा स्थापित हुनुहुन्छ । एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुनुहुन्छ ।

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिना पनिएमाले प्रवेशगर्नुभएको छ । परियार र तिम्सिनासहितका नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।

माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गर्नुभएका परियार एमाले प्रवेश गरेपछि प्रचण्डलाई निकै ठूलो धक्का लागेको छ । सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गर्नुभएको छ ।

चितवनबाट ठूलो संख्यामा प्रभावशाली जिल्ला नेताहरु एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताउनु भयो । न्यौपानेलाई एमालेले प्रचण्डविरुद्ध उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #प्रचण्डका चुनावी कमाण्डर नै एमालेमा प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545