Techie IT
सोमबार, वैशाख ८,२०८२

सत्तापक्षको बुथकब्जा गर्ने रणनीति छ : अध्यक्ष ओली


काठमाडौं। नेपाली काँग्रेसलगायतका गठबन्धन आवद्ध दलको बुथ कब्जा गर्ने रणनीति भएको आफूले थाहा पाएको बताउनुभएको छ । लोकतान्त्रि तमु संघको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न मंगलबार पोखरा पुग्नुभएका अध्यक्ष ओलीले कुन–कुन जिल्लाको कुन–कुन बुथ कब्जा गर्ने भन्ने रणनीति बनाएको आफूलाई जानकारी आएको उहाँले बताउनुभएको हो ।

प्रहरी र प्रशासनलाई निश्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले भन्नुभयो ‘कुट्ने, काट्ने, मार्ने र थुनाउने योजना बनाएका छन् । काँग्रेस आफै सत्ताबसेर चुनाव गराउन नपाए भाग नलिने भन्नुको अर्थ यही रहेछ ।’

चुनावको मुखमा जनता भड्किन्छन् भनेर अहिले एसपीपी रोकिएको हो, चुनावपछि सरकार बनाउन पाए काँग्रेसले एसपीपी पारित गर्ने बताउनुभयो । ‘काँग्रेसको तयार ियही हो ’ उहाँले भन्नुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #सजग रहनुस् : अध्यक्ष ओली, #सत्तापक्षको बुथकब्जा गर्ने रणनीति छ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545