Techie IT
आईतबार, वैशाख ७,२०८२

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् ।

यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहसहितका पनि एमाले प्रवेश गरेका छन् ।

जनकपुरधाममा भएको कार्यक्रममा उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गमछा लगाएर पार्टीमा स्वागत गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545