गण्डकीलाई समृद्ध र उत्कृष्ट प्रदेश बनाउने सपना साँचेको छु: पृथ्वी सुब्बा गुरुङ

लमजुङ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा प्रदेशको विकासका लागि धेरै काम अगाडि बढाएको बताउनुभएको छ ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री गुरूङले तीनबर्ष मुख्यमन्त्री भएर काम गर्दा समय कम भएकाले चाहेको काम पूरा गर्न नपाएको वताउनुभयो ।
शनिबार बेंसीशहर नगरपालिका–९ सितलपाटीमा आयोजित भवन उद्घाटन कार्यक्रममा उपमहासचिव गुरूङले राजनीतिक अस्थिरताका कारण मुख्यमन्त्रीबाट हट्नुपरेको भन्दै प्रदेशको समृद्धि, विकासका लागि आफू निरन्तर लाग्ने स्पष्ट गर्नुभयो ।
उहाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यका लागि लमजुङ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट प्रत्यक्षमा उम्मेदवारका लागि सिफारिश हुनुभएको छ ।
आफ्नो पालामा प्रदेशका ८५ स्थानीय तहका पालिका केन्द्रसम्म बाह्रै महिना चल्ने दुई लेनको बाटो बनाउन थालिएकोमा अहिले अलपत्र रहेको उहाँले बताउनुभयो । प्रदेशका पाँच लाख ७८ हजार घरधुरीमध्ये ८५ हजार घरधुरीमा बिजुली नभएकाले आफ्नै पालामा बिजुली पुर्याउने, प्रदेशलाई उज्यालो प्रदेश बनाउने लक्ष्य रहेकोमा काम अधुरा रहे पनि अब बन्ने एमालेको सरकारले ति कामलाई पूर्णता दिने पूर्वमुख्यमन्त्री गुरूङको भनाई थियो ।
आफ्नो पालामा युवालाई सीपमूलक तालिमका लागि विदेशमा पठाउने, छोरीलाई प्राविधिक शिक्षाका लागि अनुदान दिने, सुत्केरी गराउन समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्धार गर्ने, कृषि उत्पादनमा जोड, घरवास कार्यक्रम, सडक, बिजुली, पानी, स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको उहाँले बताउनुभयो । नेता गुरुङले संविधानमै सबै नागरिकले गास, बास, कपास, शिक्षा, उपचार, बिजुली पाउनुपर्छ भन्ने उल्लेख गरेको र यसलाई पूरा गर्न संघीय शासन प्रणाली आएको बताउनुभयो ।
‘जनतालाई सुख दिने, समृद्ध प्रदेश बनाउने सपना थियो । प्रदेशलाई नेपालकै उत्कृष्ट प्रदेश बनाउने सपना थियो । त्यो अवसर गुम्यो, अब ति काम पूरा गर्न एमाले त्यहीँ जिम्मेवारीमा पुग्नुपर्छ ।’
एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घलेले तत्कालीन जिल्ला विकास समितिको सभापति भएर जिल्लाको विकासको खाका कोर्ने काम आफूले गरेको वताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #‘गण्डकीलाई समृद्ध र उत्कृष्ट प्रदेश बनाउने सपना साँचेको छु, #hot, #पृथ्वी सुब्बा गुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्