Techie IT
आईतबार, वैशाख ७,२०८२

गठबन्धनमा १०० सीट नपाए कांग्रेसभित्रै बिद्रोह गर्ने कोइराला समूहको तयारी


काठमाडौं । कांग्रेस नेतृत्वको चुनावी गठबन्धनबाट पार्टीलाई १०० सीटको भाग नआए पार्टीभित्रै बिद्रोह गर्ने रणनीति कोइराला समूहले बनाएको छ ।

१६५ प्रतिनिधि सभा क्षेत्रमै एक्लै उठ्ने हो भने पनि कांग्रेसभित्र आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो परिरहेको कांग्रेसभित्र बिद्रोहको तयारी भइरहेको बताइएको छ । त्यसो त नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यसबारे सार्वजनिक अभिव्यक्ति पनि दिँदै आएका छन् । कम्तीमा पनि १०० क्षेत्र कांग्रेसले लिनुपर्ने दबाब कोइरालाले सृजना गर्दै आएका छन् ।

यसैबीच प्रेस युनियनले आज जनकपुरमा गरेको कार्यक्रममा पनि नेता कोइरालाले सो कुरा दोहोर्याएका छन् । बहुमत ल्याउन पनि कांग्रेसले १०० सीट लिनैपर्नेमा जोड दिँदै उनले बहुमतकै लागि गठबन्धन गरिएको खुलासा गरेका छन् ।

‘कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन र पाँच वर्ष सरकार चलाउन गठबन्धन गर्ने निर्णय गरेको थियो,’ उनले पार्टी नेतृत्वप्रति प्रश्न गर्दै भने, ‘१०० सीट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन् । १०० सीट नलिए कसरी बहुमत ल्याउन सकिन्छ ? १०० भन्दा कम सीट लिँदा त विद्रोह हुन सक्छ ।’

सत्ता गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सीट छाड्दा समानुपातिकतर्फ कांग्रेसको मत घट्ने पनि उनको भनाइ छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #शेखर कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545