Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटलगायतका विषयमा शीर्ष नेताहरूबीच छलफल भएको बताइएको छ ।

सत्तारूढ राजनीतिक पार्टीहरूको गठबन्धन बनाएर आसन्न निर्वाचनमा जाने सहमति भए बमोजिम कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठित कार्यदल सक्रिय भइरहेको समयमा शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।

सत्ता गठबन्धनमा रहेका सबै पार्टीका प्रतिनिधि सहभागी रहेको कांग्रेस नेता सिटौला नेतृत्वको कार्यदल पछिल्ला दिनमा सहमतिको खाका कोर्न क्रियाशील छ ।

पार्टी नेताहरूबीच आज दिनभर विभिन्न चरणमा भेटघाट तथा छलफल हुने प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता, #शेरबहादर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545