सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै

काठमाडौं ।सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
सीट बाडँफाटँको अन्तिम सहमति जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरु बैठक बस्न लागेको हो ।
यसैबीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटलगायतका विषयमा शीर्ष नेताहरूबीच छलफल भएको बताइएको छ ।
सत्तारूढ राजनीतिक पार्टीहरूको गठबन्धन बनाएर आसन्न निर्वाचनमा जाने सहमति भए बमोजिम कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठित कार्यदल सक्रिय भइरहेको समयमा शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।
सत्ता गठबन्धनमा रहेका सबै पार्टीका प्रतिनिधि सहभागी रहेको कांग्रेस नेता सिटौला नेतृत्वको कार्यदल पछिल्ला दिनमा सहमतिको खाका कोर्न क्रियाशील छ । पार्टी नेताहरूबीच आज दिनभर विभिन्न चरणमा भेटघाट तथा छलफल हुने प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #सत्ता गठबन्धन, #सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्