Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाली काँग्रेस संखुवासभाबाट उम्मेदवार सिफारिश (फोटो फिचर)

पहिलो नम्बरमा नेपाली काँग्रेस संखुवासभा, सभापति युवा नेता खड्कालाई प्रस्तुत


नेपाली कांग्रेस संखुवासभाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउन जिल्ला सभापति एवंम पुर्व राज्यमन्त्री दिपक खड्का सहित १४ जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ आठ जना आकांक्षी छन् भने ६ जनालाई समानुपातिकतर्फको उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेको नामवलीमा प्रत्यक्ष निर्वाचनका लागि पहिलो नम्बरमा नेपाली काँग्रेस संखुवासभा, सभापति युवा नेता दिपक खड्कालाई प्रस्तुत गरेको छ।

जिल्लामा निकै प्रभावशाली मानिएका खड्का उम्मेदवार बने विजयी हुन सक्ने संभावना रहेको विश्लेशक बताउछन्। यसैगरी दोश्रो नम्बरमा केन्द्रीय सदस्य तारामान गुरुङ छन् । तेस्रो नम्बरमा निवर्तमान जिल्ला सभापति तथा बौद्धिक युवा नेता दिपनकुमार श्रेष्ठको नाम सिफारिश गरिएको छ। यसैगरी अन्य प्रत्यक्ष तर्फ टंकप्रसाद राई, जनक थापा, मिङमा शेर्पा, पाशाङ शेर्पा र उमेश चौहानको नाम पनि सिफारिसमा परेको छ ।


क्याटेगोरी : राजनीति, विशेष, समाचार
ट्याग : #breaking, #hot, #नेपाली कांग्रेस, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545