देश र समाज बदल्न समर्पणको खाँचो छ: महासचिव पोखरेल
बैतडी । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई एउटा नियमित प्रक्रियाका रुपमामात्र होइन, समाज बदल्ने अभियानका रुपमा लिई एकताबद्ध भई जुट्न पार्टीपङ्तीलाई आग्रह गर्नुभएको छ ।
जसरी राजनीतिक परिवर्तनका लागि समर्पण गरियो त्यसरी नै देश बदल्ने अभियानका लागि पनि समर्पण आवश्यक रहेको वताउँदै महासचिव पोखरेलले ‘देश बदल्ने भनेको समाज बदल्ने हो, समाज बदल्नका लागि आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन संगठित र एकताबद्ध भई लाग्नुपर्छ भन्नुभयो ।
उहाँले आगामी निर्वाचनलाई सामान्यरुपमा नलिन स्थानीय नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । महासचिव पोखरेलले एक पार्टी सदस्यले नयाँ दुई भोट बृद्धि र पुराना पाँच भोटको संरक्षण गरेको अवस्थामा मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने वताउनुभयो ।
बैतडीको पाटनमा आज आयोजित कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मङ्सिरपछि पनि पाँच दलीय गठबन्धको सरकार बन्ने अवस्था आयो भने देशको भविष्य अन्धकार हुने वताउनुभयो ।
उहाँले गठबन्धन सरकारको एकबर्षको कार्यकालमा देश अधोगतितर्फ गइरहेको आर्थिक सूचकाङ्कहरूले देखाइरहेको तथ्य प्रस्तुत गर्दै देशको भविष्यप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।
स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरूले सत्ताको दुरुपयोग गरी मतदाता प्रभावित गरेको अनुभव सुनाउँदै महासचिव पोखरेलले आगामी निर्वाचनमा मत सुरक्षाका लागि हरेक बुथमा युवा दस्ता तैनाथ गर्नुपर्ने हुँदा तयारी गर्न निर्देशन दिनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– ‘मत वृद्धि र मत सुरक्षाको योजना सफल बनाई आगामी निर्वाचनपछि एमालेले बहुमतका साथ सरकारको नेतृत्व गर्नुपर्छ ।’
एमालेको सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पुर्याउने भन्दै उहाँले एमालेका अध्यक्ष मनमोहन अधिकारीको पालामा एक सय रुपियाँबाट सुरु भएको बृद्धभत्ता एमालेकै पालामा चार हजार पुगेको वताउनुभयो ।
महासचिव पोखरेलले देश बनाउने शक्ति एमाले मात्र भएकाले सबै नेपाली जनतालाई एमालेको झण्डामुनि गोलबद्ध हुन आह्वान गर्नुभयो ।
उहाँले राष्ट्रवादी शक्ति एमालेका कारण एसपीपी सम्झौता रोकिएको वताउनुभयो । गठबन्धन सरकारले देश र जनताका लागि काम गर्न नसक्ने उहाँको भनाई थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुच्चे नक्सा संसदबाट पास भएर आएपछि अहिलेको सरकारले चुच्चे नक्सा हटाउँदै हिँडेको वताउनुभयो ।
सुदूरपश्चिमको विकासका बारेमा महासचिव पोखरेलले भन्नुभयो– ‘महाकाली करिडोर, मध्यपहाडी लोकमार्गको सुरुवात र सुदूरपश्चिमका आठ वटा विमानस्थल कालोपत्रेको काम एमालेको पालामा भएको हो ।’
प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजादीबाट ६० जना नेताकार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा (एमाले) बैतडीका अध्यक्ष सुरेन्द्र पालले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टी सचिव लेखराज भट्टले वर्तमान गठबन्धन सरकारले देशलाई आर्थिक रुपमा धराशायी पार्दै लगेको वताउनुभयो । प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय सदस्य पुरन दयाल, लिलाधर भट्ट तथा बुधबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा समाजवादीबाट एमालेमा समाहित हुनुभएका नेताहरू विक्रम बहादुर शाही, अशोक चन्द, तारा लामा तामाङ लगायत सहभागी हुनुहुन्थ्यो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #लेखराज भट्ट, #शंकर पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्