Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेको विरोधमा सार्वजनिक रूपमै वक्तव्य दिएका रामवीरलेभने एमालेबाटै चुनाव लड्छु


काठमाडौं । एमाले नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट आफू उम्मेदवार बन्ने भन्दै हालै गरिएको सिफारिसको औचित्य नरहेको बताएका छन् ।

क्षेत्रीय कमिटीको सिफारिसको अर्थ नहुने भन्दै केन्द्रबाट आफूले नै टिकट पाउने दाबी गरे । नेपाल प्रेससँग कुरा गर्दै दुईपटक जितेको बहालवाला सांसदलाई छाडेर पार्टीले चुनाव हार्नका लागि अर्को उम्मेदवार खडा नगर्ने बताए ।

एमाले क्षेत्रीय कमिटीले बुधवार काठमाडौं ७ बाट प्रतिनिधिसभाका लागि इन्दिरा पन्त, श्याम घिमिरे र वीपी ढकालको नाम सिफारिस गरेको थियो । सो क्षेत्रबाट रघुजी पन्त र विद्यासुन्दर शाक्यको नाममा समेत छलफल हुँदा दुईपटक सोही क्षेत्रबाट जितेको मानन्धरको नाम भने छलफलमा समेत नआएको नेताहरूले बताएका छन् ।

स्थानीय तह निर्वाचनमा मानन्धरले केशव स्थापितलाई मेयर उम्मेदवार बनाएको विरोधमा सार्वजनिकरूपमै वक्तव्य दिएका थिए । उनीमाथि काठमाडौं १६ नम्बर वडामा कांग्रेस जिताउन खुलेर लागेको र नागार्जुन नगरपालिकामा समेत एमाले हराउन भूमिका खेलेको आरोप छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #रामवीर मानन्धर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545