Techie IT
शनिबार, वैशाख ६,२०८२

माओवादी केन्द्रद्वारा आगामी प्रदेश र संघको निर्वाचन लक्षित प्रदेश प्रशिक्षणलाई तीव्रता


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी प्रदेश र संघको निर्वाचन लक्षित प्रदेश प्रशिक्षणलाई तीव्रता दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका विभिन्न कमिटिलाई मजबुत बनाउन दौडाहामा छन् ।
प्रचण्डले आईतबार माओवादी केन्द्रको वाग्मती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीबीच बैठक तथा प्रशिक्षण दिँदै छन् ।
प्रचण्ड शनिबार मात्रै लुम्बिनी प्रदेशको रुपन्देही पुगेका थिए । रुपन्देहीको बुटवलमा उनले पार्टीको लुम्बिनी प्रदेश समिति बैठकमा सहभागी भएर प्रशिक्षण दिएका थिए ।
उनी शुक्रबार प्रदेश नम्बर–१ केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुलाई धरान पुगेर प्रशिक्षण दिएका हुन् ।
भोलि उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545