Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपालको अस्तित्व मेटाउन खोज्ने विदेशीको मतियार देशभित्रै छन् : ईश्वर पोखरेल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने बाह्य शक्तिको मतियार देशभित्रै रहेको बताएका छन्। शनिबार काठमाडौंको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पूनःनिर्मित सत्तलको उद्घाटन गर्दै पोखरेलले नेपालको पहिचान सकिए मुलुकको अस्तित्व नै समाप्त हुने चिन्ता व्यक्त गरेका हुन्।

उनले तत्कालको स्वास्थ पूरा गर्न जस्तो सुकै कुकर्म गर्न पनि तयार हुनेहरुप्रति सजक हुनुपर्ने समेत बताए। पोखरेलले मुलुकको धर्म, संस्कृति र पहिचान रक्षाका लागि दलीय स्वार्थलाई त्यागेर एकजुट हुनुपर्ने जिकिर गरे।

कार्यक्रममा बागमती प्रदेश सांसद नारायण सिलवालले सम्पदाको पुननिर्माण ऐतिहासिक महत्वलाई नमेट्ने गरी गर्नुपर्ने र यसमा समाज पनि सजक हुनुपर्ने धारणा राखे। काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरको ऐतिहासिक सम्पदा संरक्षका लागि समूदायसँग हातेमालो गर्दै अघि बढ्ने बताइन्।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545