भावी प्रधानमन्त्री प्रचण्ड हुन्: शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नवनियुक्त उपमहासचिव शक्ति बहादुर बस्नेतले गठबन्धनको सीट बाँडफाँट सबैलाई स्वीकार्य हुनेगरी मिल्ने बताएका छन् ।
उनले अहिले सीट बाँडफाँटबारे गम्भीर रूपमा छलफल चलिरहेको र छिट्टै निष्कर्षमा पुगिने विश्वास समेत व्यक्त गरेका छन् । गठबन्धनको सीट बाँडफाँटबारे अहिले गठबन्धनमा आवद्ध दलहरूको तर्फबाट प्रस्तावमाथि छलफल भइरहेको उनको भनाइ छ ।
उनले सीट बाँडफाँटबारे स्थानीय तहको निर्वाचनमा पनि समस्या थियो र त्यसलाई हल गरिएको सुनाउँदै अहिले संघको निर्वाचनमा पनि सीट बाँडफाँट मिल्ने बताए । उनले भने, ‘गठबन्धन आजको आवश्यकत्ता हो कि होइन भन्ने कुरा पहिले बुझ्नुपरयो । अहिले सबै दल गठबन्धन गरेर जाने निष्कर्ष निकालेका छन् । त्यसैले सीट बाँडफाँट मिल्छ ।’
उनले काङ्ग्रेस १६५ सीटमै उम्मेदवार खडा गर्ने पार्टी भएको र माओवादी केन्द्र पनि त्यस्तै पार्टी भएकाले सीट बाँडफाँट ठूलो समस्या नभएको जिकिर गरे । उनले माओवादी केन्द्रको तर्फबाट भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष प्रचण्डकै नेतृत्वमा आफूहरू चुनावमा सहभागी हुने सुनाए ।
नेता बस्नेतले पाँच वर्षको अवधि सम्पूर्ण समस्या समाधान गर्ने अवधि नभए पनि पाँच वर्ष केही पनि भएको छैन भन्ने नभएको सुनाए । उनले शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेत्रमा परिवर्तन भएको दाबी गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #शक्ति बस्नेत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्