बा हरुलाई स-सम्मान विदा गर्नुपर्छ :रबी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदा गर्नुपर्ने समय आएको बताएका छन् । लामिछानेले पछाडी ‘बा’ भएकाहरुलाई स–सम्मान बिदा गर्नुपर्ने बताउँदै अगाडी ‘बा’ भएका बालेन शाह डोजर लिएर निस्किएको बताए ।
“म सबै ‘बा’ हरुलाई आज बा को मुख हेर्ने दिन स–सम्मान एउटा सन्देश दिन चाहान्छु, पछाडी बा भएका तीन ‘बा’ केपी बा, देउवा, नानीका बा । पछाडी बा भएकाहरुलाई स–सम्मान बिदा गरौं, किनकी अगाडी ‘बा’ भएका डोजर लिएर निस्किसके ।”
शनिबार काठमाडौंमा आयोजित उपत्यका भेलालाई सम्बोधन गर्दै उनले ‘बा’हरुलाई जनताले आगामी निर्वाचनबाट बिदा दिनुपर्ने पर्ने धारणा राखे । लामिछानेले नेपालका दलहरुको कारणले राजनीति घिनलाग्दो भएको बताउँदै बेथतीको मेन स्वीच बन्द गर्ने उद्धेश्यले आफू राजनीतिमा आएको उल्लेख गरे ।
आउने चुनावमा घण्टी चिन्हका उम्मेद्वारहरुलाई पनि एजेण्डाहरुबारे प्रश्न गर्न नागरिकहरुलाई आग्रह गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #रबी लामिछाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्