Techie IT
शनिबार, वैशाख ६,२०८२

पार्टीको नीति र विधि विपरीत जानेलाई कारबाही हुन्छ : ‘प्रचण्ड’


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्त विपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारबाही गर्ने उहाँको भनाइ छ ।

अन्तर्घात छानबिनका लागि माओवादीले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानविन समिति गठन गरेको थियो । सो छानविन समितिको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा आज बुझ् उहाँले पार्टीभित्रको अनुशासन तोड्ने कार्य आफैँमा गम्भीर रहेको भन्दै त्यस्ता पात्र र प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले  दोषीलाई कारबाही नगरे माओवादी कम्युनिस्ट पार्टी जस्तो पनि नरहने बताउनुभयो ।

“अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी जस्तो रहँदैन”, उहाँले भन्नुभयो । उहाँले निर्वाचनमा भएको अनियमितता र गडबडी सच्याउनेभन्दा पनि पार्टीलाई विधि र अनुशासनमा चलाउने विषयसँग सम्बन्धित रहेको उल्लेख गर्नुभयो ।

छानविन समितिले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विशेष गरी मधेस प्रदेशमा विभिन्न जिल्लामा अन्तर्घात भएको तथा अन्य प्रदेशका केही जिल्लामा समेत समस्या रहेको भन्दै जिम्मेवारीअनुसार कारबाहीको सिफारिस गरिएको छ ।

समितिले देशभरका  पाँच सयभन्दा बढी नेता तथा कार्यकर्तासँग बयान लिएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा दुई सय स्थानीय तहमा निर्वाचन जित्ने प्रक्षेपण गरेको माओवादीले अन्तर्घातका कारण अपेक्षित परिणाम आउन नसकेको भन्दै छानबिन समिति गठन गरेको थियो । रासस


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा ( माओवादी केन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545