Techie IT
आईतबार, वैशाख ७,२०८२

माओवादी केन्द्र पहिलेजस्तो छैन्: ‘प्रचण्ड’


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ माओवादी पार्टी विगतभन्दा धेरै बिग्रिएको बताएका छन् । उनले विगतका विचार, भावना र कमरेडहरुको त्याग र बलिदानलाई स्मरण गर्दा माओवादी केन्द्र पहिलेजस्तो नभएको बताए ।
सहीद रामवृक्ष यादवको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पहिले जस्तो क्रान्तिकारी नभएको बताउँदै व्यक्तिवादी र स्वार्थी भएको तर्क राखे । उनले सामूहिक भावनाद्वारा उत्प्रोत भएर जाने भन्दा स्वार्थ समूह बनाउनेतिर उद्धत हुन थालेको बताउँदै पार्टीको चरित्रमा नराम्रोसँग स्खलन आएको धारणा राखे ।

“हामि हिजोका जस्ता क्रान्तिकारी छैनौं । हामि व्यक्तिवादी भएका छौं । आत्मकेन्द्रीत भएका छौं । स्वार्थी भएका छौं । हामिले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिस्पर्धा गरेर त्याग गर्नेतिर होईन् । आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर उद्धत हुन थालेका छौं । हामि सामूहिक भावनाद्वारा उत्प्रोत भएर जाने टिक स्प्रीतबाट जाने भन्दा हामि स्वार्थ समूह बनाउनेतिर उद्धत हुन थालेका छौं । यसले पार्टीको चरित्रमा नराम्रोसँग स्खलन आएको छ ।”
प्रचण्डले कम्यूनिष्ट आन्दोलनलाई नयाँ तरिकारले एकीकृत गर्ने कोसिस जारी रहेको जिकिर गर्दै वामपन्थीहरुको बीचको एकताको प्रयास सकारात्मक हुँदै गएको धारणा राखे । वामपन्थी पार्टीहरुलाई एकताबद्ध गर्ने गरी समाजवादको आधार निर्माण गर्दै लैजाने उद्धेश्यलाई पुरा गर्न थप मिहिनेत गर्नुपर्ने उनको भनाई छ ।

“कम्यूनिष्ट आन्दोलनलाई नयाँ तरिकारले धुव्रीकृत गर्ने, त्यसलाई नयाँ तरिकाले एकीकृत गर्ने कोसिस पनि हाम्रो भइराखेकै छ । निर्वाचनको तयारी सन्दर्भमा निर्वाचन पनि राजनैतिक संघर्षको रुपमा अगाडी जाने हो । यतिबेला सच्चा वामपन्थीहरुको बीचमा एकता र धुव्रीकरण अगाडी जाओस् । भन्ने प्रयास गरेका छौं । केही समाचार सकारात्मक भएका महशुस गरेका छौं । वामपन्थी पार्टीहरुलाई एकताबद्ध गर्ने र देशमा समाजवादको आधार निर्माण गर्दै लैजाने उद्धेश्यलाई पुरा गर्न अझै मिहिनेत गर्नुपर्ने छ ।”
जनयुद्धको तयारी गर्दै कमरेड रामवृक्ष यादवको हत्या भएको स्मरण गर्दै प्रचण्डले यादव श्रमजीवि जनताको हकअधिकार र मुक्तिको लागि वैचारीक निष्ठाको साथ निरन्तर लागि पर्ने कुशल नेताको रुपमा छबी बनाएको उल्लेख गरे ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #माओवादी केन्द्र पहिलेजस्तो छैन्: ‘प्रचण्ड’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545