भागबण्डाको स्वार्थ नमिल्दा सत्ता गठबन्धन फुट्ने संकेत

काठमाडौँ । आसन्न आम निर्वाचनमा एमालेलाई हराउनका लागि अहिलेको सत्तारुढसहितका दलहरु चुनावी गठबन्धन गर्ने तरखर गरिरहेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने भन्दै सत्तारुढ पाँच दलले सिट बाँडफाँट गर्न पाँच दलका ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
सो कार्यदलको बैठक आज (बुधबार) बसिरहेको छ । बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले कार्यदलको गत २६ साउनमा बसेको बैठकको सहमति अनुसार सिट बाँडफाँटको प्रस्ताव पेस गर्नेछन् ।
सिट बाँडफाँटको आधार बनाउँदै ‘मतभेद’
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलको सदस्य रहेका छन् ।
सिटफाँड गर्दा भागबण्डाको प्रमुख आधार ०७९ को स्थानीय तहको मत परिणामलाई बनाउनु पर्ने कांग्रेसका नेताहरुको दाबी छ । कांग्रेस जसरी हुन्छ, आफ्नो एकल बहुमत आउने गरी वा अन्य कुनै साना दललाई मात्रै समेटेर सरकार बनाउन सक्ने गरी भाग लिने रणनीतिमा देखिन्छ ।
तर, कार्यदलका अन्य पार्टीहरु भने ०७४ को संसदीय मत परिणामलाई भागबण्डाको प्रमुख आधार बनाउनुपर्ने अडान राखेका छन् । गठबन्धनका अन्य दलहरु कांग्रेसलाई बहुमत अथवा साना दलको सहयोगमा मात्रै सरकार बनाउन सक्ने गरी भाग दिन तयार देखिँदैनन् । ०७४ को मतपरिणामलाई सिट बाँडफाँटको प्रमुख आधार नबनाए एमालेले जितेको ठाउँमा मात्रै भागबण्डा गर्ने अन्य ठाउँमा जुन दलले जितेको छ उसैले लिनुपर्ने माओवादीको माग छ । तर, यसो गर्न पनि कांग्रेसका नेताहरु तयार देखिँदैन् । किनकी ०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसले २३ सिट मात्र जित्दा माओवादी केन्द्रले ३६ सिट जितेको थियो । माओवादीको नीतिमा लाग्दा कांग्रेस गठबन्धनबाट थप कमजोर हुन्छ । त्यसैले भागबण्डाको प्रमुख आधार के कुरालाई बनाउने ? भन्ने कुरामा नै गठबन्धनका दलहरु बीच मतभेद देखिन्छ ।
भागबण्डा नमिल्दा फुट्ने संकेत
आगामी निर्वाचनमा प्रतयक्ष तर्फको १६५ सिट मध्य कांग्रेसले १०० सिटको दाबी गरिरहेको छ । यद्यपी, १०० सिट दाबी गरेर कांग्रेसले ९० सिटको बटमलाइन बनाउने दाउमा छ । गठबन्धनको नेतृत्व गरिरहेकै दम्भका कारण कांग्रेस आफ्नो बटमलाइनबाट पछि नहट्ने संकेत देखाएको छ ।
तर, कांग्रेसको बटमलाइनमा गठबन्धनका अन्य दलहरु भने अबरोध खडा गर्ने तरखरमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेसको यो बटमलाइनलाई ‘फेल’ खुवाउन गुप्त रुपमा रणनीतिक खेल सुरु गरिसकेका छन् ।
अहिले डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई आफ्नो ‘छत्रछायाँ’ मा ल्याएर प्रचण्डले चलखेल सुरु गरेका हुन् । अब प्रचण्डले बाबुराम र बामदेबको पार्टीलाई पनि आफुले भाग दिनुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग बार्गेनिङ गर्ने रणनीति चालिरहेका छन् । माओवादीको चुनाव चिन्ह हसिया हतौडाबाट चुनाव लड्ने सहमति गरेसँगै यि दुई पार्टी प्रचण्डका लागि कांग्रेस र सत्ता गठबन्धनका अन्य दललाई घुर्की लगाएर ‘बार्गेनिङ’ गर्न तुरुप बनेका छन् ।
कांग्रेस प्रत्यक्ष र समानुपातिक गरी बहुमत र्पुयाउने रणनीतिमा छ । उसको रणनीतिबारे माओवादीसहित अन्य दलहरू पनि सचेत छन् ।कार्यदलका एक सदस्य भने आफूहरू सहमतिमै निष्कर्षमा पुग्ने बताउँछन् । अहिले फरकफरक मत आएपनि अन्तिममा सहमतिमै अगाडि बढ्ने ती सदस्यको भनाइ छ ।
तर, प्रचण्डको यो चलखेल कांग्रेस र गठबन्धनका अन्य दलहरुले स्वीकार्ने सम्भावना न्युन छ । सत्ता गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादी बीच नै शक्तिको लडाइँ चर्काे देखिन्छ । यि दुबै दलको शक्तिको लडाइँ भने गठबन्धनका अन्य दलहरुले बिद्रोह सुरु गर्न सक्ने देखिन्छ । कारण-गठबन्धनका प्रमुख घटक दल नै आफुहरुलाई मात्रै केन्द्रमा राखेर सिट बाँडफाँडको खाका कोर्न चाहान्छन् ।
त्यसैले भागवण्डामा कुरा नमिल्दा गठबन्धन फुट्ने सम्भावना उच्च देखिन्छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #भागबण्डाको स्वार्थ नमिल्दा सत्ता गठबन्धन फुट्ने संकेत, #सत्ता गठबन्धन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्