प्रतिनिधिसभाको बैठकले विभिन्न ४ वटा विधेयक पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले विभिन्न ४ वटा विधेयक पारित गरेको छ ।
बैठकले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ र प्रत्यायोजन विधेयक, २०७८ पारित गरेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ अर्थमन्त्री जनार्दन शर्मा र पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पारितका लागि सभा समक्ष पेश गर्नुभएको थियो ।
यस्तै बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ र प्रत्यायोजन विधेयक, २०७८ पनि बहुमतले पारित गरेको छ ।
उक्त विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पारितका लागि सभा समक्ष पेश गर्नुभएको थियो ।
यसअघि बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसद्हरुले अव्यवस्थित भूमिहीन बसोबासीको उचित व्यवस्थापन हुनुपर्ने, विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने, प्रधानमन्त्री रोजगार कोषलाई प्रभावकारी बनाउनु पर्ने, काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्नुपर्ने र दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको व्यवस्था गरी ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच स्थापित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरुले नागरिकतामा दलितको नामलाई अपमानित गरिएको विषय निन्दनीय भएको भन्दै नाम सच्याउन चाहनेका लागि गृह मन्त्रालयले दिएको निर्देशन जिल्ला प्रशासन कार्यालयहरूले लागू गरि नसकेको बताउनुभयो ।
नागरिकता विधेयकलाई पुनर्विचारका लागि पुनः संसदमा नै आउनु राष्ट्रिय सहमतिका लागि मौका भएको बताउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ २ गते बिहीबार बिहान ११ बजे बस्ने छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा, #प्रतिनिधिसभा बैठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्