काँग्रेससँग टाँसिएका दलहरू कम्युनिष्ट विचारबाट विचलित: सुुवास नेम्वाङ

प्युठान। नेकपा (एमाले) का उपाध्यक्ष सुुवास नेम्वाङले नेपाली काँग्रेससँग टाँसिएर गठबन्धन गरिरहेका कम्युनिष्ट नामधारी दलहरू कम्युनिष्ट विचारधाराबाट विचलित भएको बताउनुभएको छ ।
आफ्नै पार्टीको बहुमत सरकार ढालेर विपक्षी दलको काँध थाप्नुले उनीहरू नैतिकरूपमा कम्युनिष्ट राजनीतिबाट पराजित भएको विचार व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) प्युठानद्वारा सोमबार आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा उहाँले यस्तो बताउनुभएको हो ।
उपाध्यक्ष नेम्वाङले नेकपा (एमाले) बाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी बनाए पनि फुटको औचित्य पुष्टि गर्न नसकेको भनाई राख्नुभयो ।
उपाध्यक्ष नेम्वाङले भन्नुभयो– ‘विपक्षीसँग गठबन्धन गरी २० प्रतिशत लिएर पार्टी फुटाएका कमरेडले स्थानीय तहको निर्वाचनमा अर्काको सहयोगमा चारप्रतिशत मत ल्याउँदा पनि कमजोरी महसुस नगर्ने ?’
प्रशिक्षणमा पार्टीका पोलिटव्यूरो सदस्य तथा प्युठान इन्चार्ज सूर्य थापाले आगामी निर्वाचनमा एमाले थप सशक्त पार्टी बन्ने बताउनुभयो । उहाँले प्युठानमा गठबन्धनबाट जो सुकै उठे पनि एमालेलाई फरक नपर्ने बताउनुभयो ।
एमाले जनतामाझ एजेन्डा सहित जाने भन्दै उहाँले त्यसका लागि पार्टीपङ्ती सक्रिय बनेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज विमला घिमिरेले गठबन्धनको रूपमा बाम शक्तिलाई सिद्धाउने योजना प्रतिक्रियावादीले बनाएको बताउनुभयो । काँग्रेसलाई अघि लगाएर केही बाम शक्तिले गलत गरेको उहाको भनाई थियो । गठबन्धन सरकार समाजवादको बाधक रहेको घिमिरेले वताउनुभयो ।
कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका सदस्य झपेन्द्र जिसी, केन्द्रीय सल्लाहकार परिषद सदस्य हिराबहादुर केसी, प्रदेश कमिटी सचिवालय सदस्य धनबहादुर रायमाझीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष विजयबिराज बिष्टको अध्यक्षतामा भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सुुवास नेम्वाङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्