नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिको कदम स्वागतयोग्य: लेखराज भट्ट
![](https://www.sajhapana.com/wp-content/uploads/2022/08/लेखराज-भट्ट.jpg)
धनगढी । नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज लेखराज भट्टले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्नु स्वागतयोग्य रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कैलालीको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भट्टले नागरिकता विधेयक संसदमा फिर्ता गरेर राष्ट्रपतिले देशको स्वाभिमान जोगाउनु भएको विचार व्यक्त गर्नुभएको हो ।
सचिव भट्टले भन्नुभयो– कुनै पनि देशमा सिन्दुर हाल्ने वित्तिकै विदेशी बुहारीलाई नागरिकता दिने चलन छैन, हाम्रो देशमा मात्रै यस्तो राष्ट्रघाती कदम चालिएको छ ।’
छिमेकी भारतमा विवाह गरेको सात वर्ष नपुग्दासम्म नागरिकताको प्रक्रिया नै सुरु नहुने प्रावधान रहेको चर्चा गर्दै भट्टले भन्नुभयो–‘सार्क मुलुकको कुरा गर्ने हो भने भारतमा सात वर्ष, अफगानिस्तानलमा पनि सात वर्ष, माल्दिभ्समा १२ वर्षपछि मात्रै विदेशी बुहारीलाई नागरिकता दिने व्यवस्था छ । भुटानमा त विहे गरेर बच्चा जन्मेको दुई वर्षपछि मात्रै आमाले नागरिकता पाउने प्रावधान छ । बंगलादेशले पनि दुई वर्ष भन्दा अगाडि नागरिकताको प्रक्रिया सुरु गर्दैन, नेपालमा मात्रै किन यस्तो ?’
उत्तरमा चीन र दक्षिणमा भारत जस्ता विशाल जनसंख्या भएका छिमेकी रहेको भू राजनीतिक संवेदनशीलताको ख्याल नगरी नेपालमा विवाह हुने वित्तिकै नागरिकता दिने प्रावधान राखिनु दुभाग्यपूर्ण र देशको हित विपरीत भएको उहाँको भनाई थियो ।
‘एमालेले पनि विवाह गर्ने वित्तिकै नागरिकता दिने प्रावधान सहितको विधेयक ल्याएको थियो भनेर गठबन्धनले झुटको खेती गरिरहेको छ, म स्पष्ट पार्न चाहन्छु, हाम्रो पार्टीले वैवाहिक अंगीकृत नागरिकता सातवर्षपछि मात्रै पाउने प्रावधान सहितको विधेयक ल्याएको हो । भ्रममा पर्नु आवश्यक छैन ।’
उहाँले भन्नुभयो– ‘गठबन्धन देश बनाउन नभएर आफ्नो परिवारका ब्यक्ति बनाउन, आफ्नो स्वार्थ पूर्ति गर्नका लागि बनेको चर्चा गर्दै ‘कसैका बुहारी, छोरी, ज्वाईं, भाइ–भतिजाका लागि अवसर दिन गठबन्धन होला, कसैले पुस्तौं पुस्तासम्मका लागि भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउन गठबन्धन होला तर गठबन्धन देश हितमा छैन ।’
मंसिर ४ गते हु्ने निर्वाचनबाट स्वार्थको गठबन्धन र एमाले बीचको भिन्नता जनताले छुट्याइदिने विश्वास सचिव भट्टले व्यक्त गर्नुभयो ।’
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सुदूरपश्चिम प्रदेशको विकासका गरिएका प्रयासका बारेमा चर्चा गर्दै सचिव भट्टले भन्नुभयो–‘सुख्खा बन्दरगाहको ठेक्काको चरणमा जाने तयारी थियो, तर यो सरकारले अहिले नीति तथा कार्यक्रममा सम्भाब्यता अध्ययनको बजेट राखेको छ, विषेश औद्योगिक क्षेत्रको पनि पुर्वाधार निर्माण आधा भईसक्ने समय हो, तर सरकारले बजेट काटि दिएको छ । मेडिकल कलेजका लागि छ अर्बका संरचना बनेका छन् तर सरकार त्यो सञ्चालन गर्दैन ।’
‘गठबन्धनको सरकारले एमाले अध्यक्ष ओलीको नेतृत्वको सरकारका पालामा भएका लोकप्रिय कामको बजेट काटिरहेको छ, यो कुरा जनताले बुझ्न जरूरी छ ।
प्रशिक्षण कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले अहिलेको सरकारको रवैयाको विरोध गर्न सबै पत्रकारहरूलाई आग्रह गनुृभयो । देशको स्वाभिमान बचाउन, राष्ट्रियताको रक्षाका लागि सबै पत्रकारले एकजुट भएर लाग्न आग्रह गर्नुभयो । प्रशिक्षण कार्यक्रम जिल्ला अध्यक्ष भानुभक्त जोशीको अध्यक्षतामा भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #‘नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिको कदम स्वागतयोग्य’, #नागरिकता विधेयक, #लेखराज भट्ट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्