नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको संवैधानिक अधिकार हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगन थापाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुगेका विशेयकहरू आवश्यकता अनुसार फिर्ता गर्नु राष्ट्रपतिको संवैधानिक अधिकार भएको बताएका छन् ।
कुनै विधेयक पुनर्विचार गर्न आवश्यक लागे राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था भएकाले नागरिकता विधेयक फिर्ता भएको र त्यसबारेमा आक्रोश व्यक्त गरिहाल्नुपर्ने अवस्था नरहेको उनले बताएका छन् ।
‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो । हामीले त्यसको अध्ययन गर्न बाँकी छ,’ आज सोमबार ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले थापाले भने, ‘प्रथम दृष्टिमा उहाँले विधेयकलाई संसदमा फिर्ता पठाउने कुराको प्रक्रियामा नै प्रश्न उठाउनुपर्छ भन्ने छैन ।’
राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेसँगै यसबारे धारणा बनाएर संसदमा प्रस्तुत हुने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले आइतबार नागरिकतासम्बन्धी विधेयक संसदमा फिर्ता पठाइदिएकी थिइन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #गगन थापा, #नागरिकता विधेयक, #नेपाली कांग्रेसका महामन्त्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्