Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रतिनिधि सभाको निर्वाचन अघि नै काँग्रेस फुट्न सक्ने


काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन अघि नै नेपाली काँग्रेस फुट्न सक्ने देखिएको छ । सभापति शेरबहादुर देउवाले टिकट बाँडफाँटमा संस्थापनइतर समूहलाई पेलेरै जाने संकेत पाएसँगै विकल्पहरु तयार गरे काँग्रेसभित्रको ठूलै शक्ति तयारी अवस्थामा बसेको छ ।विश्वस्त स्रोतका अनुसार काँग्रेसभित्रको डा. शेखर कोइराला समूहले सबै भातृ संगठनका आफूपक्षीय नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । उनले समानान्तर कमिटीहरु गठन गर्ने प्रक्रिया थालिसकेको बुझिएको छ । टिकट बाँडफाँटमा माग पूरा नभए सोही कमिटीलाई नै लिएर अलग पार्टी गठनको तयारी भइसकेको छ । त्यसका लागि निर्वाचन आयोगमा गोप्य तरिकाले पार्टी दर्ता समेत भइसकेको विश्वस्त स्रोतले बताएको छ ।

कोइराला समूहले चुनावमा टिकट बाँडफाँट गर्दा कम्तिमा ४० प्रतिशतको माग गर्दै आएको छ । त्यो पाउने सम्भावना कमजोर हुँदै गएकाले विद्रोहको दबाब बढेको छ । विद्रोहमा काँग्रेस फुट्ने सम्भावना पनि हुनसक्ने गरी तयारी भएको छ ।

सत्ता गठबन्धनको टिकट बाँडफाँटमा काँग्रेसले १६५ मध्ये आधा पाउने र त्यसमध्ये पनि शेखर पक्षधरले ४० प्रतिशत पाएमा ३० भन्दा बढी सिट पाउने सम्भावना हुन्छ । टिकटको पूर्वतयारीमा रहेका कतिपय संस्थापनइतरका नेताहरुले विद्रोहका लागि आफ्नो तयारी गरिरहेको बुझिएको छ ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #प्रतिनिधि सभाको निर्वाचन अघि नै काँग्रेस फुट्न सक्ने, #शेखर कोइराला, #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545