प्रधानमन्त्रीसँग मुख्यमन्त्री भट्ट नेतृत्वको टोलीद्वारा भेटवार्ता

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको टोलीले प्रधानमन्त्री बालुवाटारमा आज भेटवार्ता गरेको हो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवालाई प्रदेशको समग्र विषयमा अवगत गराउँदै छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले बताउनुभयो ।
प्रधानमन्त्री देउवासँगको भेटवार्तामा मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री रावल र सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा सहभागी रहनुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्रीसँग मुख्यमन्त्री भट्ट नेतृत्वको टोलीद्वारा भेटवार्ता
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्