भ्रातृ संस्थाका प्रमुख तोक्दा सभापति देउवाले एकलौटी गरेको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाका प्रमुख तोक्दा एकलौटी गरेको आरोप लागेको छ।
देउवाले नेविसंघ, तरूण दल, किसान संघ, आदिवासी जनजाति महासंघ, महिला संघलगायतमा आफूनिकटलाई अध्यक्ष बनाएका छन्।
यी भ्रातृ संस्थाका प्रमुख तोक्दा नेता शेखर कोइरालासँग परामर्श नगरिएकोमा देउवाको आलोचना हुने गरेको छ।
सभापति देउवाले आफूनिकटलाई भ्रातृ संस्थाका प्रमुख तोक्दै गए पनि कोइरालालगायत नेताले त्यसको विरोध नगरेको आरोप पनि छ।
कोइराला समूहका विद्यार्थीहरूले सभापतिको एकलौटीपनविरूद्ध उभिन आफ्नै पक्षका नेतालाई ध्यानाकर्षण गराएका छन्।
शनिबार उनीहरूले उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार, कोइराला, नेता अर्जुननरसिंह केसीसहित नेतालाई भेटेर ध्यानाकर्षण गराएका हुन्।
सभापति देउवाले एकलौटी गरेकोले रचनात्मक विद्रोह गर्न नेताहरूलाई ध्यानाकर्षण गराएको महाधिवेशन प्रतिनिधि निरञ्जन थापाले सेतोपाटीलाई बताए।
महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, काठमाडौंस्थित विभिन्न क्याम्पसका नेविसंघले शनिबार ध्यानाकर्षण पत्र नै कोइरालासहित नेतालाई बुझाएका थिए।
कोइरालाले १४ औं महाधिवेशनका बेला आफूले पार्टीमा भागबन्डा नखोज्ने बताएका थिए। तर अहिले सभापति देउवाले आफू निकटलाई भ्रातृ संस्था प्रमुख तोकेपछि कोइराला समूहभित्रै भागबन्डा लिनका लागि माग भइरहेको छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #भ्रातृ संस्थाका प्रमुख तोक्दा सभापति देउवाले एकलौटी गरेको आरोप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्