Techie IT
आईतबार, वैशाख ७,२०८२

फोहोर व्यवस्थापन जस्तो गम्भीर विषयमा सरकार संवेदनहीन बन्न मिल्ला : डा. भट्टराई


काठमाडौं । नेकपा (एमाले)का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले राजधानीको फोहोर व्यवस्थापनमा राज्यका आवश्यक सबै अंगहरु परिचालन गरिनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले यति गम्भीर विषयमा पनि राज्यका अंगहरु संवेदनहीन बन्न मिल्ला भनी प्रश्न गरेका छन् । फोहोर व्यवस्थापनमा भएका समस्याले देशभित्र मात्र नभएर बाहिर समेत कस्तो सन्देश जान्छ भन्ने विषयमा ख्याल गर्न पनि आग्रह गरेका छन् ।

‘अति भो ! बन्द गरौ ब्लेमिङ गेम !’, भट्टराईले लेखेका छन्, ‘राजधानीको फोहोर व्यवस्थापनमा राज्यका आवश्यक सबै अंगहरू परिचालन गरिनुपर्‍यो र यो दुर्दशालाई अन्त्य गरिनुपर्‍यो। ‘

त्यस्तै, उनले अघि थपेका छन्, ‘के राज्यका अंगहरू यति गम्भीर विषयमा यति संवेदनहीन बन्न मिल्ला ? यसले देश भित्र मात्र होइन बाहिर समेत कस्तो सन्देश गएको होला ख्याल गरौं ।’

गएराति परेको भारी वर्षाका कारण उपत्यकाका ठाउँ ठाउँमा थुप्रिएको फोहोर छरपष्ट हुँदा सडक र चोक चोक दुर्गन्धित बन्न पुगेका छन् । डम्पिङ साइटमा फोहोर फाल्न नदिइने भएसँगै यसको व्यवस्थापन झनै कष्टकर बनेको छ । काठमाडौँ महानगरपालिकाले कार्य गरिरहेको बता पनि राज्यका माथिका निकाय भने मुकदर्शक बनेर बसेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #डा राजन भट्टराई, #राजधानीको फोहोर व्यवस्थापन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545