शेखर कोइराला समुहको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समुहको बैठक आज बस्दै छ । आफूपक्षिय नेताहरुलाई बोलाएर देउवाले गरेको एकपक्षिय निर्णयको बिरोध गर्ने बताईएको छ । पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल, नेविसंघ, महिला संघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले छुट्टै बैठक बोलाएको हो ।
दिउँसो बस्ने बैठकमा संघर्षलाई कसरी अघि बढाउने भनेर छलफल गर्ने शेखर कोइराला निकट एक नेताले बताए ।
पार्टी सभापति देउवाले ९ चैतमा तरुण दल अध्यक्षमा विद्वान गुरुङ र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए भने केही दिन अघि महिला संघमा पनि उनी निकट उषा रावतलाई नियुक्त गरेको कोइरालाको आरोप छ । एकलौटी निर्णय भएको भन्दै शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा पार्टी सभापति देउवाविरुद्ध प्रदर्शन समेत गरेको थियो । आफना माग पुरा नभए समानान्तर गतिविधि गर्ने विषयमा छलफल हुने बताईएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #शेखर कोइराला समुहको बैठक आज बस्दै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्