Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोलि शनिबार बस्ने


काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोलि शनिबार बस्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहानका लागि उक्त बैठक बोलाएका हुन् । देउवाले शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान, यही साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा छलफल हुने बताइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोलि शनिबार बस्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545