लुम्बिनी प्रदेशमा बलियो गठबन्धन गरेर जाने निर्णय

रुपन्देही । आगामी निर्वाचनको तयारीका लागि लुम्बिनी प्रदेशमा रहेका सत्तारुढ ५ दल बलियो गठबन्धन गरेर जाने निर्णय गरेका छन् । शुक्रबार बुटवलमा बसेको संयुक्त गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश पार्टी कार्यालयमा बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट वृहत् रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुनः सक्रिय बनाउने निर्णय भएको छ ।
बैठकमा लुम्बिनी मुख्यमन्त्री तथा माओवादी नेता कुलबहादुर केसी पनि सहभागी हुनुभएको थियो । बैठकमा गत स्थानीय तह निर्वाचनको समीक्षा गर्दै भएका कमीकमजोरी सुधार गरेर अब गठबन्धन अघि बढाउने निर्णय भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताउनुभयो। उहाँका अनुसार संघ र प्रदेशमा कुन कुन निर्वाचन क्षेत्र कस लागि उपयुक्त हुन्छ भनेर विवरण पेश गर्ने सहमति भएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #लुम्बिनी प्रदेशमा बलियो गठबन्धन गरेर जाने निर्णय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्