Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेद्वारा भदौ पहिलो साता पार्टीको तीन तहको बैठक आह्वान


काठमाडौं। नेकपा एमालेले आगामी भदौ पहिलो साता पार्टीको तीन तहको बैठक आह्वान गरेको छ ।

आज बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी बैठक बोलाइएको बताइएको छ ।

निर्णय अनुसार एमालेको स्थायी कमिटी बैठक भदौ ७ गते, पोलिटब्युरो बैठक भदौ ७ गते र केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने भएको छ ।

बैठकले चुनावका लागि विभिन्न तयारी गर्ने छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमालेद्वारा भदौ पहिलो साता पार्टीको तीन तहको बैठक आह्वान, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545