Techie IT
शनिबार, वैशाख ६,२०८२

विवादास्पद नागरिकता विधेयक फिर्ता पठाउनुपर्छ : सूर्य थापा


काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता पठाउनुपर्ने बताएका छन् ।

थापाले सामाजिक सञ्जालमा धारणा राख्दै नेपाली पुरुषसँग विवाह हुनेबित्तिकै नागरिकता दिने र राजनीतिक अधिकारसमेत प्रदान गर्ने प्रावधान गलत भएको उल्लेख गरे ।

उनले नेपालभित्र बाबुको ठेगान नलागेका सन्तान हुर्केपछि आमाको नाममा र अंगीकृत नागरिकलाई वंशजका आधारमा नागरिकता दिने प्रावधान भने ठीकै भएको बताएका छन् ।

‘नेपाल सरहदभित्र बाबुको ठेगान नलागेका सन्तान हुर्केपछि आमाको नाममा र अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिने प्रावधान ठीकै छन्’, थापाले लेखेका छन्, ‘तर विवाहको जग्गेमा नै दिन मिल्ने र १० घण्टाभित्रै सांसद र मन्त्री बनाउन सकिने व्यवस्था गलत छ ।’

राज्य व्यवस्था समितिले भारतमा जस्तै विवाहपछि कम्तीमा सात बर्षपछि मात्र नागरिकता दिनेगरी गरेको निर्णय ठीक भएको थापाको भनाइ छ ।

तर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले दिल्ली पुगेर सौदावाजी गरेपछि नेपालमा विवादास्पद नागरिकता विधेकयक पारित गरिएको थापाको टिप्पणी छ ।

उनले अगाडि लेखेका छन्, ‘प्रचण्डले दिल्ली पुगेर सौदावाजी गरे, शशी श्रेष्ठलाई मन्त्रीको कुर्सीमा मस्त निद्रा लाग्यो र लीलामणि पोखरेल तैंचुप मैचुप छन् ।’

यस्तो विवादास्पद कानुन प्रमाणीकरण राष्ट्रपतिले फिर्ता गनुपर्ने उनको भनाइ छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विवादास्पद नागरिकता विधेयक फिर्ता पठाउनुपर्छ : सूर्य थापा, #सूर्य थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545