Techie IT
शनिबार, वैशाख ६,२०८२

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै


काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ ।
नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा अपरान्ह २ बजे बस्ने बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडाफाडका बारेमा छलफल गरेर शीर्ष नेतृत्वहरुलाई सुझाव पेश गर्नेछन ।

कार्यदलको बैठकमा सबै दलले आ–आफनो सिटका बारेमा दाबी पेश गर्नेछन् र सो दाबी अनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्नेछन ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #सत्ता गठबन्धन, #सिट बाँडफाँट कार्यदलको बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545