Techie IT
आईतबार, वैशाख ७,२०८२

कृषि पेसामा आश्रितको सङ्ख्या झारेर उत्पादन बढाउनुपर्छ: अध्यक्ष ओली


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि पेसामा आश्रित जनताको सङ्ख्या १० प्रतिशतमा झारेर उत्पादन चार गुणाले बढाउनुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेको कृषि तथा पशुपंंक्षी विभागद्वारा आयोजित कृषि वैज्ञानिकहरू सँगको अन्तरक्रियामा अध्यक्ष ओलीले कृषिमा प्रविधिको प्रयोगमा जोड दिँदै उत्पादन लागत घटाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले कृषिबाट मूल्यवृद्धि कम तथा सेवा र अन्य उत्पादनशील क्षेत्रबाट मूल्यवृद्धि बढी हुने भएकोले त्यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संसदमा विपक्षी दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले देशलाई कृषिमा आत्मनिर्भर बनाउने गरी कृषिको उत्पादन वृद्धि र विस्तार गर्न लागत कम पर्ने र प्रतिफल अधिकतम दिने बालीको उत्पादनमा जोड दिनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले पर्याप्त र स्वस्थकर खानामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै माटोको संरक्षण गरी माटोलाई मर्न दिन नहुनेतर्फ ध्यान दिन सम्बद्ध सबैसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले कृषि, पशुपालन र फलफूलतर्फ उत्कृष्ट काम गर्ने ३ जना किसानहरूलाई सम्मान पनि गर्नुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #कृषि पेसामा आश्रितको सङ्ख्या झारेर उत्पादन बढाउनुपर्छ: अध्यक्ष ओली, #केपी शर्मा ओली, #नेकपा एमालेको कृषि तथा पशुपंंक्षी विभाग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545