चुनावका लागि नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ । मंगलबार नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् । नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ ।
दल दर्तापछि सञ्चारकर्मीहरु कुराकानी गर्दै एमाले महासचिव पोखरेलले दलदर्ता सँगै नेकपा एमाले निर्वाचनको तयारीमा विधिवतरुपमा प्रवेश गरेको बताए । उनले राजनीतिक दलहरु चुनावमा गठबन्धन बनाएर जानु आफ्नो सामथ्र्यमाथि अविश्वास गर्नु रहेको टिप्पणी गरे ।
उनले ५ दलीय गठबन्धन नीति, उद्धेश्य र लक्ष्यका प्रश्नमा स्पष्ट नभएको बताउँदै यसले मुलुकलाई सहिबाटो लैजान नसक्ने आरोप लगाए ।
“वास्तवमा राजनीतिक दलहरुले चुनावमा गठबन्धन बनाएर चुनाव लड्ने कुरा चाँही आफ्नो सामथ्र्यमाथि चाँही अविश्वास गुर्न हो । नीति प्रति अविश्वास गर्नु हो । अहिले ५ दलीय गठबन्धन नीतिका प्रश्नमा, उद्धेश्यका प्रश्नमा, लक्ष्यका प्रश्नमा जब स्पष्ट छैन भने त्यसले मुलुकलाई सहिबाटो दिन कसरी सक्छ ।”
पोखरेलले एमाले आगामी निर्वाचनमा गठबन्धन सरकारका असफलता र एमालेका उद्धेश्यहरुलाई चुनाव प्रचारको मुख्य विषय बनाएर जनताको बिचमा जाने बताए । उनले स्थानीय तहको निर्वाचनबाटै एमाले ५ दलीय गठबन्धनसँग प्रतिष्पर्धा गर्न सक्छ भन्ने सन्देश दिएको तर्क राखे ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #चुनावका लागि एमाले १० औं नम्बरमा दल दर्ता
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्