राज्यको दोहन गर्ने काम बन्द होस् : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसंगै प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरिएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राखेर राज्यको दोहन नगर्न आग्रह गरेका हुन् ।
‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने भनेपछि सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भयो भनेर बुझ्न पनि जरुरी छ । कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पाइदैन । पसल खोल्न पाइदैन । राज्यको दोहन गर्ने काम बन्द होस् ।’
संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्ममात्र कायम रहने उल्लेख गरेको भन्दै उनले संविधान अनुसार सभामुख र उपसभामुख बाहेकका सांसदहरुको कार्यकाल समाप्त भएको बुझ्नुपर्ने बताएका छन् ।
निर्वाचनको मिति घोषणा गरेपछि सरकार, प्रतिनिधिसभा र प्रदेशसभा काम चलाउ भएकाले दीर्घकालीन महत्व राख्ने र प्रभाव पार्ने कुनै निर्णय नगर्न र नीति तथा कानून नबनाउन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #खिमलाल देवकोटा, #राज्यको दोहन गर्ने काम बन्द होस् : खिमलाल देवकोटा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्