Techie IT
सोमबार, वैशाख ८,२०८२

झाँक्रीलाई कारबाही गर्ने नेपालको तयारी


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने तयारी गरेको छ ।

पार्टीको विधानविपरीत झाँक्रीले अभिव्यक्ति दिएको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको बताइएको छ ।

पछिल्लो समय पार्टी अध्यक्ष माधव कुमार नेपालसँग सम्बन्ध बिग्रेको चर्चा चलिरहेको बेलामा झाँक्रीमाथि कारबाहीको तयारी समेत भइरहेको हो । स्रोतका अनुसार उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाउने सम्बन्धमा अध्यक्ष नेपाल र सम्मानि नेता झलनाथ खनालले छलफल समेत गरिसकेका छन् ।

झाँक्रीको इच्छाविपरीत पार्टीले आफ्नो मन्त्री पद खोसिदिएपछि पार्टी नेतृत्वसँग उनी रुष्ट बनेकी थिइन् । पछिल्लो समय माधव नेपालविरुद्ध नै अभिव्यक्ति दिन थालेकी उनी कारबाहीअघि नै पार्टी छाड्न वा सचिव पदबाट राजीनामा दिन सक्ने आँकलन समेत गरिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रामकुमारी झाँक्रीलाई कारबाही गर्ने माधव नेपालको तयारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545