Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको छ । बैठकमा आगामी निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको लागि गठित कार्यदलमा पार्टीको तर्फबाट सहभागी सदस्यहरुलाई सुझाव दिईएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । महतले बैठकमा कार्यदलको बैठक कसरी अगाडी बढाउने र पार्टी कसरी प्रस्तुत हुने सन्दर्भमा छलफल भएको बताए ।

“यो शुद्ध यहि विषयमा मात्रै यो बैठक नै जुन तीन सदस्यीय हाम्रो पार्टीबाट छलफलको लागि साथिहरु चाँही जाँदै हुनुहुन्छ । उहाँहरुलाई सुझाव सल्लाह दिने, यो प्रारम्भिक बैठकलाई कसरी अगाडी बढाउने, त्यहाँ कसरी पार्टी प्रस्तुत हुने भन्ने सन्दर्भमा मात्रै आजको छलफल केन्द्रीत थियो ।”

बैठकमा स्थानीय तहको निर्वाचनमा आएको परिणामलाई मध्यनजर गर्दै गठबन्धनलाई साथमा लिँदै पार्टीको भावानको पनि सम्मान हुने गरी सन्तुलित तरिकाले अगाडी जाने निर्णय भएको पार्टी प्रवक्ताले बताए ।
“०७४ को चुनावमा, यसपालिको स्थानीय तहको निर्वाचनमा त्यसको डाटा पनि त्यहाँ प्रस्तुत भयो । त्यसलाई मध्यनजर राखेर यो गठबन्धन पनि अगाडि बढ्ने, समझदारी पनि विकसित हुने संगसंगै यो पार्टी पङतीको जुन भावना छ । जनाधार छ । त्यसको पनि सम्मान हुने । एउटा सन्तुलन खोजेर गठबन्धनमा जाने दुईमत छैन् । त्यसलाई सफल कार्यान्वयन गर्न पनि आवश्यक छ ।”
कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । साउनको ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ । काँग्रेसले स्थानीय निर्वाचनमा ३२९ प्रमुख र ३ सय उपप्रमुख जितेको छ ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #कांग्रेसले स्थानीयमा तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने, #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545